उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ च्याम्पियन

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ ।

एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्यपदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा प्रदेश ४ दोस्रो भयो । प्रदेश ४ ५ स्वर्ण, ९ रजत र २ कांस्यपदक जित्दै दोस्रो बनेको हो । चार स्वर्ण, ८ रजत र ९ कांस्यपदक हात पार्दै प्रदेश ५ तेस्रो भयो ।

एथलेटिक्सबाहेक प्रदेश ३ बाँकी तीनै खेलमा टिम च्याम्पियन बन्यो । एथलेटिक्समा भने प्रदेश ५ अगाडि रह्यो । प्रदेश ५ ले ४ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।

प्रदेश ३ ले एथलेटिक्समा भने कुनै स्वर्ण जितेन । प्रदेश ३ ले तेक्वान्दोमा ४ स्वर्ण, १ रजत र ४ कांस्य, करातेमा ६ स्वर्ण र ३ रजत तथा उसुमा ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?