वासिङटन : उत्तर कोरियासँगको वार्ताका मामिलामा चरम विवादमा फसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसँग पूर्वनिर्धारित मिति अर्थात जुन १२ मै वार्ता हुनसक्ने नयाँ भनार्इ सार्वजनिक गरेका छन् । किम जोङ उन उत्तर कोरियाका नेता हुन् ।
अमेरिकाले उत्तर कोरियासँग कुरा गरिरहेको र कोरियालीहरू सम्वादका लागि धेरै र्इच्छुक देखिएको जनाउँदै ट्रम्पले वार्ताप्रति सकारात्मक रहेको बताएका छन् । ट्रम्पले केहि दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको वार्ता तत्कालका लागि सम्भव नभएको जनाएका थिए ।
परमाणु निशस्त्रीकरण गरि उत्तर कोरियालार्इ पुरै कमजोर बनाउने र लिवियाका शासक कर्णेल मुअम्मद गद्दाफीलार्इ झैं सत्ताच्युत गरार्इ हत्यासम्म गर्ने योजनामा अमेरिकाले बनाएको भन्दै उत्तर कोरियाले पनि पुन: परमाणु कार्यक्रम अघि बढाउने धम्की दिएको थियो । उत्तरको कडा प्रतिक्रियालगत्तै अमेरिकी राष्ट्रपतिले वार्ताको सम्भावनालार्इ फेरि सतहमा ल्याएका हुन् ।
बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।”
यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेका थिए, किनकि पेन्सले नै उत्तर कोरियाको निशस्त्रीकरणमा लिवियाली मोडल अपनाउन ट्रम्प प्रशासनलार्इ दबाब दिँदै अाएका छन् ।
उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्र्ख’ को संज्ञा दिएको छ । तर, उत्तर कोरियाली अधिकारी र अमेरिकी राष्ट्रपतिबीच सम्वाद नटुटाउने बिषयमा कुरा भएको बुझिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया