मोदी सरकारको चार वर्ष : जनताले तेर्साए ३५ प्रश्न

मोदी सरकारले आफ्नो चार वर्ष पूरा गरेको छ । २०१४ साल मे २६ मा नरेन्द्र मोदीको सरकारले भारतको सत्ता सम्हालेको थियो । यही अवसर पारेर भारत बिबिसीले आफ्ना पाठकहरुसँग मोदी सरकारलाई तपाईको एउटा प्रश्न के होला भनेर सोध्यो ।

जसको प्रतिक्रियामा पाठकहरुले विभिन्न विषयमा हजारौँ प्रश्नहरु पठाए । ती मध्ये ३५ महत्वपूर्ण प्रश्न यस्ता रहेका छन् :

–   समान नागरिक संहिता बिजेपीको चुनावी घोषणापत्रमा सधैँ रहेको देखिन्छ । यस मुद्दामा मोदी सरकारले के गर्यो ?

–    के मोदी सरकारले नोटबन्दीको आंकडा संसदमा पेश गर्छ ?


–    जनतालाई प्रत्यक्ष रुपमा पुगेको नोटबन्दीको कुनै एउटा फाईदा के हो ?

–    भारतीयले १५ लाख रुपैयाँ कहिले पाउँछन् ?

–    जनताको सबै प्रश्न सोध्नलाई पत्रकार उत्सुक छन्, मोदीजी ले चाहीँ पत्रकारहरुको प्रश्नको उत्तर कहिले दिने ?


–    मोदी जी, तपाईँको अनुसार काङ्ग्रेसिहरुले घोटाला गरेका छन्, त्यसो हो भने ४ वर्ष भरिमा पनि किन उनीहरुलाई गिरफ्तार नगर्नु भएको ?

–   दंगा, बलात्कारहरुमा तपाईँ किन मौन रहनु हुन्छ मोदी जी ?

–    युवा नै देशका भविष्य हुन् भने मोदी जी, यी युवाका लागि तपाईँ के गर्दै हुनुहुन्छ ?

–    वेश्याहरुको जिन्दगी सुर्धानलाई मोदी जी के गर्दै हुनुहुन्छ ?

–    सरकारका मन्त्री र बिजेपी नेताहरु मुस्लिमका खिलाफ घृणा उकाल्छन् । तपाईँ उनीहरुको खिलाफ किन कुनै कदम चाल्नु हुन्न ?

–    देशमा प्राथमिक, माध्यमिक, उच्च माध्यमिक सबै शिक्षा महङ्गो छ, सरकारले ४ वर्षमा यसको लागि के गर्यो ?

–    मोदी जी अहिलेसम्म तपाईँ आफ्नो थिंकट्यांक अनुसार चलिरहनु भएको छ कि राष्ट्रिय स्वयम सेवक संघको ?

–    तपाईँले आफ्नो घोषणा पत्रमा पनि समावेश गर्नुभएको विषय : राम मन्दिर र धारा ३७२ लाई लिएर तपाईँको के योजना छ ?

–    तपाईँ आफ्नो भाषणमा जानकारीको अभावमा झूठ बोल्नुहुन्छ या यो तपाईँको सुनियोजित योजना हो ?

–    मोदी जी तपाईँलाई लाग्दैन कि देश सामाजिक हिसाबले पूरै बिग्रिसकेको छ, यहाँ धर्मको नाममा चरम् भेदभाव हुन्छ ?

–   आज र २०२२ सम्म किसानको मृत्यूको जिम्मेवार को हुनेछ ?

–    तपाईँको शासनकालमा युवाहरु स्वरोजगार किन हुन सकेनन् ?

–    मोदी जी, ७० वर्षलाई दोष दिन कहिले बन्द गर्ने ?

–   कश्मीरी पिडितहरुलाई फेरि कहिले व्यवस्थापन गर्ने ?

–    चार वर्षमा गरिब र धनीबीच भएको खाल्डोलाई पुर्न तपाईँले के गर्नु भयो ?

–    मोदी जी देशका किसानहरुको भलाईका लागि के गर्नुहुन्छ ?

–    जिएसटी को कारण म बेरोजगार भएको छु । अहिलेसम्म मैले आफ्नो ईच्छाको जागिर पाउन सकेको छैन किन ?

–   पाकिस्तानसँग हाम्रो व्यवहार नरम किन छ ? यो हाम्रो कमजोरी हो या हाम्रो डर ?

–    मोदी कालमा किन मूस्लिमहरुलाई ‘टार्गेट’ गरिएको छ ?

–    ‘मब लिंचिंग’ कहिले बन्द हुन्छ मोदी जी ?

–    तपाईँले राम्रो दिन आउँछ भन्नुभएको थियो अब केवल यत्ति भन्नुस् कि राम्रो दिन आखिर हुन्छ कस्तो ?

–    सरकारी जागिरमा किन कमी आउँदैछ ?

–    भारतीय ट्रेन कहिलेदेखि समयमा आउने–जाने गर्न थाल्छ ?

–    गंगा सफाईलाई लिएर के कति काम भयो ?

–    मोदी जी तपाईँको चार वर्षभरिको विदेश भ्रमणहरुले देशलाई के फाईदा भयो ?

–    के ‘काङ्ग्रेस मुक्ति’ नै विकास हो ? बिजेपीको आईटी सेलले गलत हल्ला फैलाएको खण्डमा को जवाफदेही ?

–    मोदी जी ले स्वयं भन्नुभएको थियो कि ‘८० फिसदी गौरक्षक’ अपराधिक तत्व हो । त्यसोभए उनीहरुको विरुद्ध ठोस कानूनी कारवाही किन हुँदैन ?

–   भारत हिन्दू राष्ट्र कहिले बन्छ ?

–    दर्जनौँ विकास योजना अधुरो हुँदा पनि तपाईँ किन बुलेट टे«नमा लगानी गरिरहनु   भएको छ ?

–    तपाईको क्याबिनेटमा महत्वपूर्ण मन्त्रालय राज्यसभा सदस्यलाई दिईएको छ न कि जनताले चुनेका जनप्रतिनिधिहरुलाई । यस्तो किन ? के जनताले चुनेका प्रतिनिधि मन्त्रालय सम्हाल्न योग्य छैनन् ?
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?