सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सीमित

लोकपथ
112
Shares

काठमाडौं । आज (मंगलबार) सेयर बजारमा पुन गिरावट आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । आइतबार भारी अंकको गिरावट आएको बजारमा सोमबार हरियाली छाएको थियो । मंगलबार बजारमा फेरि गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५०५.९० बिन्दुमा झरेको छ । आज नेप्से ०.६० प्रतिशतले घटेको हो ।

यता सेन्सेटिभ परिसूचक पनि ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा पुगेको छ ।

आज कुल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा एउटा उपसमूह बाहेक सबैको सेयर मूल्य घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहको सेयर मूल्य २.०८ प्रतिशतले घटेको छ ।

आज आईसीएफसी फाइनान्सका लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरेका छन् । कम्पनीको सेयरमूल्य ७.६५ प्रतिशतले घटेर ७१२ रुपैयाँमा झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?