बलिउडका यी अभिनेत्री जो करोडौं कमाउँछन् तर भाडाको घरमा बस्छन्

मुम्बई । बलिउड चर्चाको हिसाबले मात्र होइन् आम्दानीको हिसाबले पनि राम्रो मानिन्छ । अधिकांश अभिनेत्रीहरु बलिउडबाट करोडौंको कमाई गर्दछन् । तर पनि भाडाको घरमा रहँदै आएका छन् । 

इलियाना डिक्रुज


राम्रो कमाउने अभिनेत्रीमा इलियानाको नाम पनि सबै अगाडी आउँने गर्दछ । उनले अभिनय करियरको सुरुवात अंधेरीस्थित एक भाडाको घरबाट गरेकी थिइन् । हिट अभिनेत्री भइसक्दा पनि उनी त्यही घरमा अझै भाडामा बस्दै आएकी छन् । 

ज्याकलीन फर्नाडिस


निकै सुन्दर अभिनेत्री ज्याकलीनको पनि हालत त्यस्तै छ । उनी पनि भाडाको घरमा बस्छिन् भन्दा जो कोहीलाई पत्याउन गाह्रो पर्न सक्छ । उनी जति नै कमाई भएपनि भाडाको घरमा बस्दै आएकी छन् । एक प्रोजेटबाट करोड थाप्ने ज्याकलीन बान्द्र स्थित एक घरमा भाडामा बस्दछिन् ।

कट्रीना कैफ 


सलमान खानकी एक्स गर्ल फ्रेण्ड कट्रीनाको बलिउडमा बेग्लै पहिचान छ । उनी पनि महिनामा करोडौ कमाउने अभिनेत्री हुन् । पछिल्लो केही वर्षदेखि उनी अर्का एक्स ब्वाइफ्रेण्ड रणवीर कपुरका साथ कार्टर रोड स्थित सिल्वर सेड अपार्टमेन्टमा भाडामा बस्दै आएकी छन् ।

ऋचा चड्डा


केही चलचित्रमा दमदार भुमिका निभाएका कारणले सबैको दिलदिमागमा राज गर्न सफल अभिनेत्री ऋचा थुप्रै पुरस्कारबाट पनि सम्मानित भएकी छन् । उनी मुम्बइको बर्साेवा इलाकाको एक घरमा करिब सात वर्षदेखि भाडामा बस्दै आएकी छन् । उनी अहिले आफ्ना लागि एक आलिसान घरको खोजि गर्दैछिन् । 

नरगिस फाखरी


रणवीर कपुर जस्तो सुपरहिट अभिनेताका साथ आफ्नो पहिलो चलचित्र बनाउने नरगिस फखरी बलिउडमा राम्रो कमाउने अभिनेत्री मध्येकी एक हुन् । यी अभिनेत्रीले ‘रकस्टार र ‘हाउसफुल’ जस्ता हिट चलचित्रमा काम समेत गरेकी छिन् । तर पनि उनी अहिलेसम्म भाडाको घरमा बस्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?