भक्तपुरको ब्यासीमा क्षयरोग पोजिटिभ भेटियो

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले यसवर्ष “क्षयरोग खोजी गरी उपचारमा ल्याउने” कार्यक्रम अन्तर्गत भक्तपुरको ब्यासीस्थित बासु माविको पुरानो भवन निःशुल्क खकार शिविर गरिएको छ ।

संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त शिविरमा ७५ जना महिला पुरुषको खकार परीक्षण गरिएको थियो । उक्त खकार परीक्षणबाट २ जनाको पोजिटिभ भेटिएको जानकारी संस्थाका सचिव राजेश्वरी शिल्पकारले जानकारी दिए ।

राष्ट्रिय क्षयरोग केन्द्रको सहकार्यमा संचालन गरिएको यसवर्षको क्षयरोग नियन्त्रण अभियानमा हालसम्म निःशुल्क खकार शिविरबाट ३ जनाको पोजेटिभ भेटिएको संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले संचारकर्मीलाई जानकारी दिए ।

क्षयरोग निवारण संस्थाले भक्तपुर जिल्लालाई क्षयरोग मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएर अहिले सम्म चार वटा विद्यालयहरुमा अभिमुखीकरण तथा क्षयरोग सम्बन्धी डाटा संकलन र चार स्थानहरुमा समुदाय भित्र निःशुल्क खकार शिविर संचालन गरिसकेको संस्थाका कार्यालय सचिव हिरण्यप्रताप सांगामीले बताए ।

लुकेका विरामी छिटै पत्ता लगाई उपचार गरी निको पार्ने अभियानमा विद्यालयस्तरीय र समुदायमा निःशुल्क खकार शिविर संचालन गर्न संस्थाले छुटा छुटै समूह बनाएर कार्यक्रम गरिरहेको संस्था सभापति सिख्वः बताए । उनले अझपनि समुदायमा क्षयरोगका विरामी लुकेर रहेकोले छिटै पत्ता लगाई उपचारमा ल्याउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?