‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानी

चलचित्र  ‘क्याप्टेन’को छायांकनमा व्यस्त नायक अनमोल केसीले ‘ए मेरो हजुर ३’ नयाँ चलचित्र साइन गरेका छन् । नायिका झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्ने पक्का भएको हो । आजमात्र यसको निर्माणपक्षले अनमोलसँग लिखित संझौता गरेको हो । चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि झरना र निर्माता सुनिलकुमार थापाले यसको तेश्रो सिक्वेल बनाउने तयारी गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?