नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट

काठमाडौँमा भएको विश्व प्रजातान्त्रिक युवा संगठनको महासभाले १४ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । यही जेठ ९ देखि ११ गतेसम्म चलेको महासभाले विश्व कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको सराहना गर्दै विश्वका विभिन्न देशमाथि साम्रज्यवादी शक्तिले गरेको नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट गरेको युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । 

घोषणापत्रमा नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीलाई विशेष समर्थन गर्दै विदेशी हस्तक्षेपबिना सामाजिक न्याय स्थापना गर्न र आर्थिक समृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 

स्पेन, ग्रीसलगायत युरोपका थुपै्र राष्ट्रका सरकारले प्रर्दशनकारीमाथि गरेको दमनको निन्दा गर्दै जिम्वाबेका नागरिकमाथि लागाइएको प्रतिबन्धको अन्त्य गर्न माग गरिएको छ महासभाले लिबिया र दक्षिण सुडानमा चलिरहेको नरसंहारका घटनाको अन्त्य, नाइजेरिया, छड, निगर र उत्तरी क्यामरुनका जनताको समर्थन गरेको छ । 

यस्तै उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० युरोपेली संघ र अमेरिका मध्यपूर्वीलगायत अन्य देशहरुमा गरिएको आन्तरिक मामलामाथिको हस्तक्षेप, सैन्य अभ्यास र  साम्राज्यवादी शक्तिले सिरियामा फाँसीवादी र कट्टरपन्थीहरुलाई गरेको सहयोगको विरोध गर्दै सिरिया माथिको युद्ध अन्त्य गर्न माग गरिएको संघका उपाध्यक्ष पौडेलले बताउनुभयो । 

यसैगरी साइप्रस, प्यालेष्टाइन र पश्चिमी शहरका नागरिकले आफ्नो स्वतन्त्रताका लागि गरिरहेको संघर्षलाई समर्थन गर्दै प्यालेष्टाइनको गाँजामा भइरहेको नरसंहारको कडा शब्दमा निन्दा गरिएको छ । घोषणापत्रमा युरोपियन संघ र टर्कीबीच भएको हजारौँ दमन, यातना र दुव्र्यवहारमा रहेका शरणार्थीको विरुद्धमा भएको सम्झौताको विरोध गर्दै ल्याटिन अमेरिकाले भेनेजुएला माथिको आक्रमणको विरोध गरिएको छ ।  

भेनेजुयलाका जनताले आफ्नो स्वाधीनता, शान्ति, स्थायित्व प्राप्तिका लागि गरेको संघर्षको समर्थन, संयुक्त राज्य अमेरिकाले विगत आधा दशकदेखि क्युवामाथि लगाएको नाकाबन्दीको निःशर्त र अविलम्ब अन्त्यको माग गर्दै क्युवाका जनताले साम्राज्यवादको विरुद्धमा गरेको संघर्षहरुको समर्थन गरिएको छ । 

यस्तै उत्तर र दक्षिण कोरियाबीच भइरहेको वार्तालाई सकारात्मक दिशामा पु¥याउनुपर्ने, श्रीलंकामा त्यहाँको सरकारले लागू गरेको शैक्षिक संस्थाको निजीकरणको नीतिको विरोध, विद्यार्थी संगठनको आन्दोलनको समर्थनमा गरिएको दमनको विरोध गर्दै बंगलादेशमा रहेका रोहिंग्गा शरणार्थीलाई शान्तिपूर्ण तवरबाट आफ्नो देशमा फिर्ता गर्न गराउनसमेत माग गरिएको छ । 

प्रत्येक वर्ष आयोजना हुने महासभा यसपटक पहिलोपटक नेपालमा युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, अनेरास्ववियू र अनेरास्ववियू ९क्रान्तिकारी०को आथित्यमा भएको थियो । महासभामा साइप्रस, नामिविया, भियतनाम, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसियालगायत ४१ देशका ७५ युवासहित २०० को सहभागिता भएको थियो । यसअघि महासभा क्युवामा भएको थियो । 

तीन दिनसम्म चलेको महासभामा विश्वमा रहेका युवाको शिक्षा र रोजगारका समस्याबारे वहस गरी समाधानको उपायबारे छलफलसमेत भएको संघका वरिष्ठ उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । महासभामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले कम्युनिष्ट आन्दोलनको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

विश्वमा रहेका कम्युनिष्ट र प्रजातान्त्रिक देशका युवा तथा विद्यार्थीको छाता संगठनको रुपमा रहेको यो संगठनमा विश्वका युवा र विद्यार्थीका २५० संगठन आबद्ध छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?