गाईको भन्दा  चार गुणा पौष्टिक दुध दुहने समस्या

एजेन्सी : धरतीको सबैभन्दा पौष्टिक दुध दुहने समस्या देखा परेको छ । कक्रोच (सांग्लो)को दुध पनि खान मिल्ने हो भन्दा पत्याउन सजिलो भने छैन् ।

तर अगस्ट २०१६मा म्यारी क्ल्यारेले पहिलो पटक यससम्बन्धी आलेख छापिएपछि ठूला सुपरफुड बन्ने दाबी सहितको यो आलेख सामाजिक सञ्जालमा धुम मचाएको थियो । यो आलेख फेरि उनले मंगलबार सामाजिक सञ्जालमा राखिन् । यही सांग्लोको दुध गाईको भन्दा चार गुणा प्रोटिन पाइने दुध हो ।

सांग्लोको दुध त भनियो तर यसलाई दुहिने कसरी भन्ने सोच्दा त झन् असम्भव कार्य हुन्छ । यो गोबरे किरा जस्तो सानो किरोको दुधबारे यस्ता असम्भव विचार आएपनि यसको दुधमा वास्तवमै पोषण तत्व प्रोटिनको प्रचुर मात्रा रहेको छ । यो दुध प्रशान्त क्षेत्रीय कक्रोचको पोथीमा पाइन्छ ।

रोचको गुह क्षेत्र हवाइ हो ।यो सानो किरो अण्डा होइन बच्चा जन्माउँछ ।भ्रुण पोथी सांग्लोमा पलाउँछ ।पोथी सांग्लोले पहेलोतरल पदार्थ बच्चोलाई चुसाउँछे ।

वैज्ञानिकहरूका अनुसार यो दुध सबैभन्दा पौष्टिक भोजन हो । उनीहरूले यसलाई अल्टिमेट सुपरफुड भनेका छन् ।अनुसन्धानबाट कक्रोचको दुधमा पृथ्वीमा पाइने वस्तुहरू मध्ये सबैभन्दा पौष्टिक तत्व र उच्च क्यालरी पाइने वस्तु रहेको वासिंटन पोस्तको समाचारमा उल्लेख गरिएको छ ।

यो दुधमा गाईको दुधमा पाइने प्रोटिनको भन्दा चार गुणा प्रोटिन पाइन्छ ।यसका अतिरिक्त सेल(कोशिका)को बृद्धिका लागि अतिआवश्यक अमिनो एसिड, मानिसको शरीरलाई स्वास्थ्य राख्न सहयोग पु¥याउने लिपिडस र शरीरको ऊर्जा सञ्चालन गर्ने चीनी यो दुधमा पाइन्छ ।

तर यो दुधलाई दुहिने प्रक्रिया साह्रै कठिन देखिएको छ । यो कठिनाइलाई अनुसन्धानकर्ताहरूले सहज पार्ने काम गरिरहेका छन् । अर्थात यो तरल पदार्थलाई प्रयोगशालामा तयार पार्न खोजेका छन् । यस्तो भएमा यसको बजार उपभोक्ता समक्ष हुन सक्छ ।

यसको महत्वूर्ण प्रश्न मध्ये यसको स्वाद कस्तो हुनेछ ? यसको जवाफमा भारत बेंगलोरस्थ्ति दी इन्स्टिच्युट फर स्टेम सेल बायोलजी र रिजेनरेटिभ मेडिसिनका एक बायोकेमिस्टका अनुसार यसको स्वाद केही हुँदैन । उनी भन्छन् –द लिक्विड टेस्टस लाइक नथिंग ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?