प्रधानमन्त्रीले अाज नीति तथा कार्यक्रमबारे जवाफ दिने

काठमाडाैं : प्रधानमन्त्री के.पी. शर्मा अोलीले अाज नीति तथा कार्यक्रममाथि उठार्इएका प्रश्नहरूको संघीय संसदमा जवाफ दिने भएका छन् । 

प्रतिनिधीसभाको बैठक अार्इतबार (अाज) ११ बजे शुरू हुँदैछ भने १ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । प्रधानमन्त्रीले दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका सवालहरूको जवाफ दिने भएका हुन् । 

सरकारले गत सोमबार अागामी अार्थिक बर्षका लागि नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?