जुलार्इ २५ मा पाकिस्तानमा अाम निर्वाचन

काठमाडाैं : पाकिस्तानका राष्ट्रपति मममुन हुसेनले सरकारद्वारा प्रस्तावित अाम निर्वाचन मितिलार्इ सदर गरेका छन् । यससँगै, अाउँदो जुलार्इ २५ तारिखमा हुने अाम निर्वाचनका लागि पाकिस्तान चुनावमय बनेको छ । 

सन् २०१३ पछि हुन लागेको अाम चुनावमा सत्ताधारी पाकिस्तान मुस्लिम लिगलार्इ पूर्व क्रिकेटर र्इमरान खानको पार्टी तहरिक ए इन्साफ ले कडा टक्कर दिने अनुमान छ । पाकिस्तान मुस्लिम लिगका मुख्य नेता एवं पूर्व प्रधानमन्त्री नवाज सरिफलार्इ भ्रष्ट्राचार अारोपमा अदालतले चुनाव लड्न प्रतिबन्ध लगाएको छ । 

पाकिस्तानमा राष्ट्रियसभा र प्रतिनिधीसभाको चुनाव एकैसाथ हुने त्यहाँको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । वर्तमान सरकारको कार्यकाल सकिन लागेकाे छ । हाल सरकारको नेतृत्व शाहिद खकान अब्बासीले गरिरहेका छन् । 

सन् २०१३ मा हालको सत्ताधारी दल पाकिस्तान मुस्लिम लिगले अत्याधिक बहुमत प्राप्त गर्दै सरकार गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?