काठमाडाैं : राजस्व परामर्श समितिले अागामी अार्थिक बर्षभित्र ७ खर्ब ५० अर्ब राजस्व उठाउन सरकारलार्इ सुझाव दिएको छ । अर्थ मन्त्रालयले ९ खर्ब २० करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएपनि समितिले त्यो भन्दा १ खर्ब ७० अर्ब रूपैयाँ राजस्व उठाउन सरकारलार्इ सुझाव दिएको हो ।
सरकारले कुल ग्राहस्थ उत्पादनको बढिमा २५ प्रतिशतसम्म मात्र राजस्व उठाउन सक्ने जनाउँदै समितिले अाउँदो बर्षको राजस्व लक्ष्य ७ खर्ब ५० अर्ब रूपैयाँ कायम गर्न सरकारलार्इ सुझाव दिएको हो । तर, चालु अार्थिक बर्षकै लागि सरकारले ७ खर्ब ३० अर्ब रूपैयाँबराबर राजस्व उठाउने लक्ष्य तोकेको छ ।
अाउँदो अार्थिक बर्षभित्र नेपालको कूल ग्राहस्थ उत्पादन ३० खर्ब हाराहारीमा पुग्ने अांकलन छ । यो अांकलनका अाधारमा पनि २५ प्रतिशत हाराहारीमा राजस्व उठाउँदा ७ खर्ब ३० अर्व लक्ष्य राख्न उपयुक्त हुने सरकारलार्इ समितिको सुझाव छ ।
करको दर बढाउँदा नागरिकलार्इ भार पर्ने हुनाले कर उठ्नसक्ने सम्भावित क्षेत्रहरूको अध्ययन गरेर यसको दायरा विस्तार गर्न सरकारलार्इ समितिले अाग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया