बंगलादेशी प्रधानमन्त्रीद्वारा रोहिंगा शरणार्थी फर्काउन भारतीय प्रधानमन्त्रीलाई आग्रह

एजेन्सी : बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रोहिंगा शरणार्थीलाई फर्काउन म्यानमारलाई दबाब दिन आग्रह गरेकी छिन् ।

रोहिंगा शरणार्थी लाखौंको संख्यामा म्यानमारबाट बंगलादेशमा छिरेकोले सो समस्या सुल्झाउन हसिनाले मोदीलाई यस्तो आग्रह गरेकी हुन् ।

गत अगस्टदेखि यता म्यानमारबाट करिब ७ लाख रोहिंगा मुस्लमान बंगलादेश पसेका हुन् । म्यानमारमा त्यहाँको सैनिकले आक्रमण गरेपछि उनीहरू भाग्न बाध्य भएका हुन् । 

ती मध्ये करिब ४० हजार रोहिंगा भारतमा बसिरहेका छन् । मानवीय नाताले ती शरणार्थीहरूलाई भोजन र बास उपलब्ध गराएको बताउँदै हसिनाले भनिन“ उनीहरूलाई त्यहाँबाट कसरी लेखेटौं ?”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?