बम बारूद्ध बीच अफगानिस्तानमा उम्मेदवारी दर्ता

एजेन्सी : हिंसात्मक घटनाका कारण लामो समयदेखि चुनाव हुन नसकेको अफगानिस्तानमा अफगानीहरूले चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

संसद र जिल्लास्तरीय चुनावका लागि उम्मेदवारहरूले शनिबार उम्मेदवारी दर्ता गरएका हुन् ।

हिंसात्मक संघर्षको चपेटामा रहेको अफगानिस्तानमा हुन लागेको चुनावका लागि उम्मेदवारी दिन १२ दिनका लागि खुला गरिएको छ । स्वतन्त्र निर्वाचन आयोगका प्रमुख गुल जान बादी सयादले सर्यौ उम्मेदवारहरूले अझ मनोनयन पत्र दाखिला गराउने अपेक्षा गरेको बताए ।

संसद र जिल्ला परिषदका लागि यो चुनाव अक्टोबर २० तारिखमा हुने तय गरिएको छ । सन् २०१५मा अफगानी संसदको पाँच वर्षे समयावधि समाप्त भएको थियो । यो चुनाव तीन वर्ष ढिला गरी हुन लागेको हो ।

अफगानिस्तानको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गरिरहेका छन् । यो चुनावलाई अफगानिस्तानलाई लोकतान्त्रिक अभ्यासको वैधानिकता दिने महत्वपूर्ण चुनावको रूपमा देखिएको छ ।

गत महिना एक आत्मघाती बम विस्फोटनमा करिब ६० जनाको मृत्यु भएको थियो । यो आक्रमण मतदाता संकलन केन्द्रमा गरिएको थियो । त्यसयता सानातिना हिंसात्मक घटना विभिन्न ठाउँमा भइआएका छन् ।

सयादका अनुसार ३२ लाख मानिसले मदातालको रूपमा नाउँ दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?