काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल कायम ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ उक्त लाभांश प्रस्ताव गरेको हो । सेयरधनीलाई १३ दशमलव ३० प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ १९ पैसा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया