अब सातामा साढे दुई दिन बिदा

लोकपथ
203
Shares

कर्मचारीलाई मात्र सप्ताहान्त (वीकअफ) कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने कुरा थाहा हुन्छ । नेपालकै कुरा गर्ने हो भने सरकारी, अर्ध सरकारी, निजी कम्पनीहरूले सातामा एक दिन मात्र छुट्टी दिने गरेका छन् । केही अन्तर्राष्ट्रिय संस्थाले भने सातामा दुई दिन आफ्ना कर्मचारीलाई बिदा दिने गरेको देखिन्छ ।

विदेशका निकाय र अन्य पश्चिमी मुलुकमा प्रायजसो सातामा आफ्ना कर्मचारीलाई दुई दिन छुट्टी दिने चलन रहेको छ । यसैबिच हालै संयुक्त अरब ईमिरेट्स (युएई)ले आफ्ना कर्मचारीहरूलाई साताको साढे दुई दिन दिइरहेको छुट्टीमा आधा दिन थप गरेर साढे दुई दिन छुट्टी दिने नियम बनाएको छ । जसको कारण अब त्यहाँका कर्मचारीहरूले साताको साढे ४ दिन मात्र काम गरे हुने भएको छ ।

संयुक्त अरब ईमिरेट्सले यो नियमको घोषणा डिसेम्बर ७ तारिखको दिनमा गरे पनि कार्यान्वयन भने आगामी जनवरी १ तारिख देखि लागू हुने छ । यो नियम अनुसार युएईका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले शुक्रवार आधा दिनबाट आईतवारसम्म बिदा पाउने छन् । यो नियम अनुसार शुक्रवारको कामकाज दिउँसो १२ बजेबाट समाप्त हुने छ । इस्लाम धर्मावलम्बी रहेको युएईले शुक्रवारको धार्मिक प्रार्थना (नमाज) पढ्नलाई भनेर पनि यो नियम लागू गरेको हो ।

अरू देशमा पनि छ बढी सप्ताहान्त
जापानीहरूलाई विश्वकै सर्वाधिक काम गर्ने व्यक्ति मानिन्छ । वास्तवमै यहाँका मानिसहरू धेरै नै मेहनतका साथ काम गर्छन् । आफ्ना नागरिकहरूले अत्यधिक काम गरे भनेरै विश्वमा सबैभन्दा धेरै सप्ताहान्तको बिदा जापानमै रहेको छ ।

जापानका कुनै पनि कर्मचारीले सातामा ४ दिन मात्र काम गरे हुन्छ बाँकी ३ दिन उनीहरूलाई छुट्टी हुन्छ । यो नियमले कुनै पनि कम्पनीलाई आफ्ना अनुभवी कर्मचारीलाई रोकेर राख्नमा मद्दत मिलेको छ भने आफ्ना कर्मचारीले घर परिवारका सदस्यलाई प्रशस्त समय समेत दिन पाएको कारण अरू बेला छुट्टी मागेका छैनन् । जापानमा बेलाबेलामा अत्यधिक काम गरेकै कारण कर्मचारीको मृत्यु हुने गरेको समाचारलाई कम गर्न पनि यो नियम लागू गरिएको हो ।

आइसल्यान्ड पनि सन् २०१५ देखि २०१९ सम्म कम घण्टा काम गरे पनि पारिश्रमिकमा भने कुनै कमी नगरी एउटा प्रयोग गर्‍याे । सातामा ४० घण्टा (५दिन) गर्नु पर्ने कामलाई ३५–३६ घण्टामा झार्‍याे । यो गर्दा अधिकांश कर्मचारीले साताको ४ दिन काम गरेरै ३५–३६ घण्टामा गर्ने काम सम्पन्न गरे । यसले कर्मचारीबाट हुने कामको मात्रामा वृद्धि पनि भयो । यस किसिमको नियम न्यूजिल्याण्ड र स्पेनले पनि बेला बेलामा लागू गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?