काठमाडौं । नेपालको अग्रणी विमानसेवा प्रदायक कम्पनी बुध्द एयरले भारतको ऐतिहसिक तथा धार्मिक नगरी वाराणसीमा आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए ।
हिमालय होटलमा आज आयोजित प्रेस कन्फ्रेन्समा निर्देशक बस्नेतले दुई पौराणीक नगरी काठमाण्डौ र वाराणसी लाई नेपालको बुध्द एयरले मात्रै हवाई उडानबाट जोडेको बताए ।
बुध्दले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो ।
बुध्द एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु रतिर्थालुहरुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने छ ।
प्रेस कन्फरेन्समा निर्देशक बस्नेतले नेपालगञ्ज तथा भारतको नयाँदिल्ली उडानबारे पनि संक्षिप्त चर्चा गरेका थिए । यसका लागि कम्पनीले यही साताभित्रै मन्त्रालय तथा विभागहरुमा निवेदन बुझाउने छ ।
बुध्द एयरका रिसर्च तथा डेभलपमेण्ट विभागकी आस्था बस्नेतले कम्पनीको वेवपोर्टल तथा प्याकेजहरुबारे चर्चा गरेकी थिइन् । नयाँ बन्न लागेको वेवपोर्टल युजर फ्रेण्डली हुने र यसबाट केही क्लिकमै नेपालका पर्यटकीय तथा तिर्थस्थलहरुबारे सजिलै जानकारी पाउने बताइन् । वेवपोर्टलमा नेपालका रमणीय स्थलहरुसम्बन्धी मल्टिमिडिया तथा फोटो फिचरहरु हुनेछन् ।
आरएण्डीकी एक्जुकेटिभ अफिसर बस्नेतले बुध्द एयरको होलिडे प्याकेजहरुबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालाहरुलाई उत्तिकै फाईदा हुने प्रष्ट पारिन् । प्याकेजबाट होटल, ट्रान्सर्पोटेसन, टुर गाईड लगायत अन्य सबैलाई फाईदा हुनेछ ।
बुध्द एयरले केही साता अगाडी मात्रै 'पशुपतिनाथ दर्शन र विविध' वाराणसी यात्राबारे भिडियोहरु सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।
भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पलस एण्ड टाईगर्स तथा मनकामना, जानकी, मुक्तिनाथ दर्शन तथा अन्य प्याकेजहरु पनि छन् । यसैगरि नेपाली यात्रुहरुको लागि वाराणसी, सारनाथ, गया, बोधगया, इहालावाद, प्रयाग, अयोध्यालक्षित प्याकेजहरु पनि रहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया