कञ्चनपुर : भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (-याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म -याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले -याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ ।
महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा -याफ्टिङ सञ्चालन गर्न लागिएको हो । भीनपाले पर्यटन मन्त्रालयलाई -याफ्टिङ सञ्चालन सहयोगका लागि यसअघि नै पत्र पठाएको थियो । कैलालीको कर्णाली -याफ्टिङ एण्ड एडभेन्चर प्रालि भीनपाको सहयोगमा -याफ्टिङ सञ्चालनका लागि इच्छुक देखिएको छ ।
कम्पनीका सञ्चालक देवराज जैशीले भारतीय कम्पनीसित सहकार्य गरी छिट्टै -याफ्टिङ सञ्चालनको तयारी गरिने बताए । महाकाली नदी -याफ्टिङका लागि उपयुक्त गन्तव्य रहेको र जलयात्राका लागि त्रिशूली नदीभन्दा पनि राम्रो रहेको कम्पनीका सञ्चालक जैसीले दाबी गरेका छन्। जैसीको कम्पनीले अहिले कर्णाली, भेरी, सेती, सानो भेरी, ठूलो भेरी, हुम्ला कर्णाली, डोल्पा कर्णाली, त्रिशूली नदीमा -याफ्टिङ सञ्चालन गर्दै आएको छ ।
ब्रह्मदेव उत्तरको गाउँ मुसेट्टी नजिक त्रिशूलीबाट तीन वटा -याप गरी ब्रह्मदेवसम्म पुग्न सकिने जैसीले बताए । महाकाली नदीको मौनताको दृष्य समेत पर्यटकलाई देखाउने गरी -याफ्टिङको तयारी गरिएको हो । महाकाली नदीमा फिसिङका लागि विदेशी आउने गरेका छन् । सरकारले महाकालीसहित सेती र कर्णालीमा -याफ्टिङका लागि अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया