एजेन्सी : चीनको दक्षिण पश्चिमक्षेत्रमा पर्ने गुइझाउ प्रान्तमा चीन र भारतको संयुक्त सूचना प्रविधि (आइटी) उद्योगको स्थापना भएको छ । दुई देशको एकीकृत विकासका लागि आपसी समन्वय र सहयोगलाई विस्तार गर्ने उद्देश्यले यो उद्योगको स्थापना गरिएको हो ।
गुइझाउको राजधानी गुइयाङले भारतको गैरनाफामूलक आइटी उद्योग संगठन नासाकम र भारतीय प्रतिभा विकास उद्यम निटसँग मिलेर यो परियोजनालाई अगाडि बढाएको छ ।गुइयाङ पनि चीनको ठूलो आँकडा उपत्यका( बिग डेटा भ्याली)को रूपमा चिनिएको क्षेत्र हो ।
सन् २०१७मा यसको आमदानी १२.८ अर्ब अमेरिकी डलर बराबरको भएको थियो । यो सहरको कुल वार्षिक जीडीपीमा ३३ प्रतिशतको योगदानको रूपमा उल्लेख गरिएको थियो । गुइयाङको हाइटेक जोन ८ हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।
३ देखि ५वर्ष भित्र यो शहरले २७ करोड ५० युयानको आम्दानी गर्ने अपेक्षा गरिएको छ । यसमा २५ भन्दा बढी उद्योगहरू हुन्छन भने यसमा ५सय सफ्टवेयर इन्जिनियर काम गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया