हिन्दुजा दाजुभाईलाई पछि पार्दै जिम राटक्लिफ बने बेलायतका सबैभन्दा धनी

एजेन्सी : केमिलकल इन्जिनियर जिम र्याटक्लिफले बेलायतको सर्वाधिक धनीहरूको सूचीको शीर्षतम स्थानबाट धकेलेर आफूले पहिलो स्थान प्राप्त गरेका छन् । बेलायती धनीहरूको सूचीमा जिम १८ औं स्थानबाट लामो छलाङ लगाएका छन् ।

बेलायती धनीहरूको वार्षिक सूचीमा पहिलो स्थानमा उक्लिएका जिम बेलायतमै जन्मेका उद्योगी हुन् ।चालीस वर्षको उमेरमा जिमका दुई छोरा थिए । 

त्यसबेला उनले आफ्नो घर बन्धक लगाएर पाएको धनले बीपी कम्पनीबाट रसायन व्यवसाय खरिद गरे । उनले त्यसलाई इन्स्पेक इथालिन अक्साइड स्पेसियलिटिज नामको कम्पनी बनाए जुन पछि गएर आइएनइओएस भनेर चिनियो ।

जिम भन्छन् “ त्यतिखेर पुँजीवादी लगानीकर्ताहरूका दिन थिए । उनीहरू सबथोक टेबुलमै हुनुपर्ने चाहन्थे । मेरो दर्शन थियो “ निशुल्क खाना जस्तो कुनै चीज हुँदैन । अलिकता प्रतिबद्धता र दायित्व राम्रो हुन्छ ।”

जिमसँगको सम्पत्ति करिब २८ अर्ब अमेरिकी डलर बराबर छ ।  यो सम्पत्ति जोडन उनलाई २० वर्ष लाग्यो । पहिलो १० वर्षमा उनको कम्पनीले २० भन्दा बढी कम्पनीलाई किन्यो । 

सन् २००३यता बेलायतमा जन्मेकाहरू मध्येबाट बेलायती धनी व्यक्ति बन्ने उनी पहिला व्यक्ति हुन् । फर्निचर बनाउने पिता र कार्यालयमा लेखाको काम गर्ने आमाको कोखबाट जन्मेका जिम केमिकल इन्जिनियर बनेर उद्योगी बनेका हुन् ।

बर्मिघम युनिभर्सिटीबाट केमिकल इन्जिनियर र लन्डन बिजनेस स्कूलबाट एमबीएको डिग्री लिएका जिमले उत्तरी र दक्षिणी ध्रुब घुमिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?