रुपन्देही । रुपन्देही जिल्लाका प्रमुख सीमा नाका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
चितवन र काठमडौंमा वर्डफ्लुको संकमण फेला परेपछि रुपन्देही जिल्लाका नाकाहरुमा उच्च सतर्कता अपनाइएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाका अनुसार जिल्लाको सीमा नाका सुनौली, मर्चवार, धकधई, गजेडीलगायत क्षेत्रमा सुरक्षा र चेकजाच कडा बनाएको बताए ।
उनले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालनमा ल्याएको बताए ।
यसैगरी जोखिमको क्षेत्रको पहिचान गरी निगरानी बढाउन जोड दिँदै जिल्लाका सम्वेदनशील क्षेत्रमा विशेष ध्यान दिन जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा. विनय कर्णले अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया