काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ३’ को साइन गरेको दोस्रो दिनमै ‘लिलिबिली’ टिमको फिल्ममा आधिकारिक हस्ताक्षर गरेका छन् । यसअघि चाम्सको टोलीसँग प्रदीप खड्का थिए ।
प्रदीप भारद्वाजले लेख्ने लभ स्टोरी कथामा सुदीप खड्का र मिलन चाम्सले फिल्म बनाउन लागेका हुन् । अनौपचारिक रुपमा आएका गसिपमा उनले महंगो रकम लिएको बताइएको छ । यद्यपि यसको वास्तविकता अझै बाहिर ल्याइएको छैन ।
चलचित्रमा ‘ए मेरो हजुर ३’ मा झरना थापाकी छोरी सुहानीसँग रोमान्स गर्न लागेका अनमोल यो फिल्म रिलिज भएको ६ महिनापछि अब गर्न लागिएको फिल्म रिलिज हुनेछ । फिल्मको नाम के हुनेछ भन्ने बारेमा खुलाइएको छैन ।
यसबारेमा केही दिनमा नै औपचारिक कार्यक्रम गरेर पूरै जानकारी दिन निर्माता सुदीप खड्काले बताए ।
चलचित्रको शूटिङ विदेशमा गरिने र अहिले फिल्मका अन्य कलाकारको खोजी भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया