मुम्बई – बलिउडका हेण्डसम एक्टर अर्जुन रामपालले आफ्नी पत्नी मेहर रामपालसँग डिभोर्स गरेका छन् । उनले आफ्नी पत्नीसँग बीस वर्षको लामो सम्बन्धलाई विच्छेद गरेका हुन् ।
लामो समयदेखि यी दुई अलग हुने खबर चलिरहेको थियो । हालै यी दुवैले एकसाथ आपसी समझदारीमै सम्बन्ध टुटाउने निर्णय गरेको बताएका छन् । साथै उनीहरुले एकआपसमा छुटे पनि साथ र सहयोग पछि पनि रहने बताएका छन् ।
उनीहरुले स्टेटमेन्ट रिलिज गर्दै महत्त्वपूर्ण यादले भरिएका बीस वर्षका साथपछि आफूहरुको अलग अलग बाटोमा हिँड्ने समय आएको बताएका छन् । साथै आफ्ना जीवनका परिस्थिति एकदमै अलग भएको र सच्चाइ गुमाइसकेकाले टाढा हुनु परेको पनि उनीहरुले बताएका छन् ।
दुवैले बयानमा एक परिवार भएको बताएका छन् । अझै पनि एक अर्काका लागि रहने र दुवैका लागि बच्चा महिका र मायराका लागि साथ रहने पनि उनीहरुले बताएका छन् । १६ र १३ वर्षका बच्चाका बुबाआमा समेत रहेको यो जोडी आफ्ना बच्चाका लागि पछिको सम्बन्ध पनि राम्रो बनाउने बताए ।
उनीहरु किन छुट्टिए भन्नेमा खासै चर्चा चलेको छैन तर केही समयअघि अर्जुन रामपालको नाम ऋतिक रोशनकी पत्नी सुजैन खानसँग जोडिएर आएको थियो । दुवैले यो हल्लालाई इन्कार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया