चितवन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा आज सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले भने , “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ ।”
अहिले उद्योग दर्ता गर्न झन्झट रहेको औल्याउँदै उनले अब एउटै ढोकाबाट पसेपछि सबै काम सम्पन्न हुने गरी नीति ल्याउन लागेको जानकारी दिए । उनले प्रदेश नं. ३ ले पाँच वर्षसम्म कुनै कर नलिने पनि बताए |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया