बिपी राजमार्गमा चल्ने सवारीको नयाँ मापदण्ड, मालवाहक सबारीलाई खुला !

appharu
0
Shares

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

मालवाहक सवारी साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए । यस्ता सवारी बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म चल्न पाउने उनले बताए  । धुलिखेल–बर्दिबास मार्गमा यसअघि २०७३ असारदेखि सरकारले १८ सीटभन्दा बढीका सार्वजनिक यातायात र १० ग्रस यान्त्रिक क्षमताभन्दा बढीका मालवाहक सवारी प्रवेशमा रोक लगाइँदै आएको विभागका प्रवक्ता तुलसीराम अर्यालले सुनाए  ।

तोकिएको सो मापदण्ड विपरीत प्रहरीको आँखा छलेर र मिलाएर व्यवसायीले बढी क्षमताका सवारी चलाउँदै आएका थिए । आजदेखि मन्त्रालयले तोकेको मापदण्डका आधारमा मात्र सवारीलाई मार्ग इजाजत दिइने उनले  बताए  । मापदण्ड विपरीतका सवारी विनामार्ग इजाजत चलेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीअनुसार कारवाही गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?