एजेन्सी : भाँडिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता जुन १२ मै हुन सक्ने सम्भावना बढेर गएका बेला भारतको मुम्बईबाट सिंगापुर पुगेका सागर अदमुथे निर्धारित समय अघि नै किमलाई देखे पछि छक्क परे ।
किमले त्यहाँका डुलुवाहरूसँग मजाले सेल्फी लिँदै डुल्दै हिँडेको देखेर उनलाई चिन्ने जो कोही छक्क पर्नु स्वाभाविक हो ।
किमको सुरक्षा व्यवस्था यस्तो बलियो छ कि अहिलेसम्म अमेरिकाले भेदन गर्न सकेको छैन र पो उससँग अमेरिकाका शत्रुता समाप्त पार्न र विश्व राजनीतिलाई अर्को दिशा दिन अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँग फेस टु फेस वार्ता गर्न खोजेका हुन् ।
ट्रम्पले निर्धारित समयमै किमसँग फेस टु फेस गरे अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा अलग पहिचान बनाउन सक्ने पूर्व राष्ट्रपति जिमी कार्टरले भनिसकेका छन् । हो पनि अहिले विश्वको आँखा टम्प र किमबीच हुने फेस टु फेस वार्तामा अडकेको छ ।
यस्तोमा सिंगापुरमा भारतीय पर्यटक अदमुथेले किमलाई सेल्फी लिइरहेको सहजै हेर्न पाउनु आश्चर्यको विषय त हो नै ।
तर किम जस्तो देखिने सिंगापुरमा सेल्फी रहने व्यक्ति होवार्ड एक्स हुन् । उनले सिंगापुरमा उपस्थित भएर अमेरिकी राष्ट्रपति टम्प र किमबीचको शिखर वार्ता सफलता पाओस भनेर सेल्फी लिएर रमाएको आफूलाई प्रस्तुत गरेका हुन् । किम र होवार्डलाई खुट्टयाउन आमरूपमा सहज भने नरहेको अदमुथेको भनाइ छ ।
होवार्ड यसअघि फेब्रुअरी महिनामा दक्षिण कोरियाको गाङनेउङमा शीतकालीन ओलम्पिकका बेला देखा परेका थिए ।उत्तर कोरियालीहरूले हकी स्टेडियमा उनका नेता किम नै आइपुगेको ठानेका थिए ।
सिंगापुरमा होवार्डले भने “ यी दुई नेताका लागि महान समय छ । यी दुवै नेताका व्यक्तित्व उस्तै छ ।”
किमको अभिनय गर्दै सिंगापुरमा शिखर वार्ताको महोल बनाइरहेका होवार्डले विश्वास व्यक्त गर्दै भने “यो शिखर बैठक पछि यी दुई नेता सबै भन्दा राम्रा मित्र भएर निस्कनेछन् ।”
अमेरिकी राष्ट्रपति कार्यालयको एक टोली शिखर वार्ताको सुरक्षा प्रवन्ध मिलाउन यो साता सिंगापुर आउने भएको छ ।
होवार्ड भन्छन् –उत्तर कोरियाली नेता किमको उदयले आफ्नो व्यवसायिक काममा ठूलो फाइदा भएको छ । सन् २०११ यता फिल्ममा नयाँ क्यारियर फेला प¥यो । व्यापारिक र नीजी कार्यक्रमहरूमा उनलाई व्यवसायिक अवसर उनको गृहनगर हंगकंगमा मिल्ने गरेको छ ।”
तालिमले होवार्ड म्युजिसियन छन् । उनले ब्राजिलियन म्युजिकलाई चिनियाँमा गाउने गरी बनाएका छन् ।
होवार्ड किमजस्तो देखिने जस्तै डेनिस एलन ट्रम्प जस्तो देखिन्छन् ।एलन भने यो साता सिंगापुरमा उनलाई भेटन नसक्ने अवस्थामा छन् । होवार्ड र एलन दुबै शिखर सम्मेलन अघि नै सिंगापुरबाट फर्किनेछन् ।
फर्किन अघि किमको अभिनय गर्दै होवार्ड भन्छन् “ हाइ डोनाल्ड, म सिंगापुर आइपुगिसके, तिमीलाई पर्खि बसेको छु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया