आफ्नो देशको जन्मदर निक्कै कम छ भनेर कुनै देशले गुनासो गरेको थाहा पाउनुभयो भने उसलाई आफ्नो देशमा ‘वल्र्ड कप’ आयोजना गर्ने सल्लाह दिनुहोस् ।
हजुर ! सुन्दा अचम्म लाग्न सक्छ तर ‘वल्र्ड कप’ ले आयोजक राष्ट्रको जन्मदर वृद्धि गर्ने तथ्य पुष्टि भएको छ ।
जमर्नीको जन्मदर विश्वकै कम मध्येमा एक हो । यो विषयलाई लिएर त्यहाँको सरकार चिन्तित भइरहँदा सन् २००६ मा जमर्नीले वल्र्ड कप आयोजना ग¥यो जसको ठीक ९ महिनापछि त्यहाँको जन्मदर १० % भन्दा धेरै बढेको थियो ।
त्यसैगरी सन् २०१० को ‘वल्र्ड कप’आयोजना गरेपछि दक्षिण अफ्रिकामा पनि अप्रत्यासित रुपमा जन्मदर बढेको पाइएको छ ।
जन्मदर र ‘वल्र्ड कप’ आखिर कसरी सम्बन्धित छन् त ? अनुसन्धान गर्दा यी दुई तथ्य बाहिर आएका छन् :
बियर : ‘वल्र्ड कप’ हुँदा ‘सेलिब्रेसन’ को माहोल हुने भएकाले अत्याधिकमात्रामाबियर सेवन गरेको पाईन्छ ।
उन्मादपूर्ण वातावरण : महिनौँ सम्म खुसी र रमाइलो वातावरण हुने भएकाले मानव शरीरमा अत्याधिक हर्मोन को उत्पादन हुन्छ । सो हर्मोनले महिलालाई छिट्टो गर्भधारण गर्न मद्दत पुर्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया