(गोपालप्रसाद पोखरेल)पथरी, मोरङ, २५ असोज ।मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोडेको करिब दुई वर्ष भयो ।पाँच बिगाहामा जुट लगाएका कार्कीले लगानी बढी आम्दानी कम भएपछि जुट अर्थात (पट्वा) खेती लगाउन छाडेका हुन । कार्की यतिबेला धानखेती गर्दै आएका छन ।जुटखेतीमा आम्दानीभन्दा खर्च बढी भएपछि धानखेती गर्न थालेका हुन । यतिखेर उनलाई स्थानीय मानिस धान उत्पादक कृषक भनेर चिन्छन् । उनले भने, “आम्दानीभन्दा लगानी बढी छ, जुटखेती गरेर फाइदा हुँदैन के गर्नु ?उनीत्र होइन मोरङको शिसवानी बडहराका महोनलाल महतोले पाँचवर्ष अघिसम्म नौ बिगाहा जमिनमा जुट अथवा (पट्वा) खेती गर्थे । तर जुटखेतीबाट फाइदा नभएपछि उनले पनि धानखेती नै गर्न थाले ।जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव, खर्चिलो खेती, लगानी बढी अम्दानी कम, यस्तै समस्याले उनले जुटखेती हटाए । मोरङमा जुट प्रतिक्विन्टल रु पाँच हजारमा विक्री हुन्छ । उनले अहिले आठ बिगाहा नौ कट्ठामा धान र १० कट्ठामा जुटखेती गर्दै आएका छन ।जुट उत्पादन गर्दै आएका किसानको परिचय बदलिएको छ । उनलाई जुट किसानभन्दा पनि धानखेती गर्ने किसान भनेर चिन्छन् । उनले भने, “बिना फाइदा जुटखेती गरेर के गर्ने ? मोरङमा एक हजार हेक्टरमा जुटखेती भएको जिल्ला कृषि विकास कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ ।गतवर्ष एकहजार ७०० हेक्टर जुटखेती हुँदै आएको थियो । जुट उत्पादक कृषकलाई सरकारले प्रोत्साहन नगर्दा, जुट उत्पादनमा गिरावट आएको छ ।जुट उत्पादनमा ह्रास आउनु र मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित आधा दर्जन जुट उद्योग बन्द हुनु राम्रो संकेत नभएको उद्योगी प्रकाश मुन्दडाको भनाइ छ । उनले भने, “जुटको व्यापारलाई सरकारले प्रोत्साहन नगरेसम्म उँभो लाग्दैन ।यहाँका विराटनगर जुटमिल्स, नरेश राठीको गुहेश्वरी जुटमिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भैसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया