पपुवा न्यू गिनीले फेसबुकलाई प्रतिबन्ध लगाउने

एजेन्सी : पपुवा न्यू गिनीले फेसबुकलाई प्रतिबन्ध लगाउने भएको छ । फेसबुकले वेबसाइटमा पार्ने प्रभावको अध्ययन गर्न पपुवाको सरकारले एक महिनाका लागि यो प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यसका साथै फेसबुकमा नकली उपयोगकर्ता (फेक युजर्स)लाई पता लगाउन यो प्रतिबन्ध लगाउन खोजेको छ ।

सञ्चार मन्त्री स्याम बसिलले यो निर्णय सामाजिक कल्याण, सुरक्षा र उत्पादकत्वमा बढदो चासोलाई ध्यान दिएर फेसबुकको प्लेटफर्मलाई उपयोग गर्नेहरूको पहिचान र उनीहरूले गर्ने प्रयोगको उद्देश्यजस्ता विषयको विश्लेषण गर्न यो प्रतिबन्ध लगाइएको बताए ।

फेसबुकले करोडौ युजरको डेटा कुनै नीजी कम्पनीलाई दिएको खुलासा पछि अमेरिकी सिनेटहरूले व्यक्त गरेको चिन्तालाई पछयाउँदै पपुवाले यस्तो निर्णय गरेको सञ्चारमन्त्री बसिलले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?