बार्इकका शाैखिनलार्इ ‘समाजवादी बजेट’ ले लखेट्यो

काठमाडाैं : महंगा र बढि र्इन्जिन क्षमताका बार्इक चढ्न रूचाउने नयाँ पुस्तालार्इ तर्साउने गरि सरकारले सवारीसाधनको सडक दस्तुर बढाएको छ । अब महंगा अायातित बार्इक चढ्नेले सरकारलार्इ सडक दस्तुरबापत मात्रै बार्षिक १ लाख ८० हजार रूपैयाँसम्म बुझाउनुपर्ने भएको छ । 

अार्थिक बर्ष २०७५/७६ को बजेटमार्फत सरकारले धेरै सीसी क्षमताका बार्इकमा भारी सडक दस्तुर लपेटेको हो । भन्सार तिरेर भित्र्याउने बेलामै सरकारले इन्जिन क्षमताको अाधारमा सडक दस्तुर लगाउने गर्छ ।

अब मोटरसार्इकल व्यापारीसँग नयाँ बार्इक किन्दा नै धेरै मूल्य तिर्नुपर्ने भएको छ भने किनिसकेपछि बार्षिक रूपमा तिर्नुपर्ने दस्तुरका लागि खल्ती बाक्लो बनाउनुपर्ने भएको छ । 

सरकारले बजेटको कार्यान्वयनमार्फत मुलकलार्इ समाजवादउन्मुख गराउने लक्ष्य लिएको छ ।

यस्तो छ नयाँ सडक दस्तुर :

सवारीसाधनको इञ्जिन क्षमता साविकको सडक दस्तुर (रूपैयाँमा) नयाँ सडक दस्तुर (रूपैयाँमा)
१५० सीसी १० हजार १५ हजार
१५१ देखि २५० सीसी १२ हजार १८ हजार
२५१ देखि ४०० सीसी १५ हजार ५० हजार
४०१ सीसीभन्दा मािथ १ लाख ८० हजार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?