चीनले फेरि किन्न थालेपछि जीरा महँगो

एजेन्सी : चीनले जीरा किन्न थाले पछि भारतीय बजारमा जीराको भाउ १४प्रतिशतले बढेर गएको छ ।

मार्च महिनामा जीराको १४ प्रतिशतले बढयो । जीराको जून आपूर्ति सम्झौता अनुसार जीराको भाउ प्रतिकेजी १६३.९० भारु थियो ।

गत शुक्रबार यो प्रतिकेजी १६१.०५भारु थियो । मार्चमा जीराको भाउ १४३ भारु थियो । त्यतिखेर चीनले जीरा खरिदमा मन्दी देखाएको थियो ।

जीरा निर्यातकर्ता निमेश वोराका अनुसार जीराका बारेमा चीनबाट धेरै सोधखोज भइरहेको छ । उनीहरूले जीराको माग गरे मूल्यमा थप बृद्धि हुन सक्ने देखिएको उनले जनाए ।

जीरामा भारतका प्रमुख प्रतिस्पर्धी सिरिया र टर्की जुनको बजारमा प्रवेश गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?