‘स्टार’ हुन मन छ ? चलाउनुस् म्युजिकल्ली !

आजकल हरेक मान्छे आफैँमा एक ‘स्टार’ हो । उ आफैँ आफ्नो ‘डाईरेक्टर’ अनि आफैँ आफ्नो ‘क्यामेराम्यान’ । कारण : म्यूजिकल्ली !
 अचेल म्युजिकल्लीको ‘ट्रेन्ड’ चलेको छ । युट्युुब, इन्स्टाग्राम, फेसबुक आदिजस्ता सामाजिक सञ्जालमा जो कसैले भिडियो अपलोड गरिरहेका हुन्छन् ।
यसरी छोटो समयमै वल्र्डवाइड पपुलर भएको म्यूजिकल्ली के हो त ?

यो यस्तो एप हो जसले यसका यूजर्स (म्युजर्सलाई) विभिन्न साउन्ड क्लिपमा लिप सिंक गर्दै एक्सप्रेसन दिएर आफ्नो भिडियो निर्माण गर्ने सुविधा दिन्छ । यी भिडियोहरू १५ सेकेन्डदेखि १ मिनेट लामा हुन्छन्सक्छन् । यसमा टाइम–ल्याप्स, फास्ट, स्लो मोसनजस्ता विभिन्न स्पिड अप्सन र अनेक फिल्टर इफेक्ट उपलब्ध छन् ।  सन् २०१४ मा निर्माण गरिएको यो चिनियाँ भिडियो नेटवर्क एपमा अहिलेसम्म २ सय मिलियन प्रयोगकर्ता रहेको यसको बेवसाइटमा उल्लेख छ ।   म्यूजिकल्लीमा भिडियो बनाउँदा आफूलाई चित्त नबुझेसम्म इडिट गरेर पोस्ट गर्न मिल्छ ।

म्युजिकल डट ली एप अर्थात बोलीचालीको भाषामा म्युजिकल्ली, बच्चादेखि वृद्धसम्मको प्रिय एप भएको छ ।
यो यस्तो एप हो जसले यसका यूजर्स (म्युजर्सलाई) विभिन्न साउन्ड क्लिपमा लिप सिंक गर्दै एक्सप्रेसन दिएर आफ्नो भिडियो निर्माण गर्ने सुविधा दिन्छ । यी भिडियोहरू १५ सेकेन्डदेखि १ मिनेट लामा हुन्छन्सक्छन् । यसमा टाइम–ल्याप्स, फास्ट, स्लो मोसनजस्ता विभिन्न स्पिड अप्सन र अनेक फिल्टर इफेक्ट उपलब्ध छन् । 
सन् २०१४ मा निर्माण गरिएको यो चिनियाँ भिडियो नेटवर्क एपमा अहिलेसम्म २ सय मिलियन प्रयोगकर्ता रहेको यसको बेवसाइटमा उल्लेख छ ।   म्यूजिकल्लीमा भिडियो बनाउँदा आफूलाई चित्त नबुझेसम्म इडिट गरेर पोस्ट गर्न मिल्छ । साउन्ड लाइब्रेरी, स्टिकर, फेस फिल्टर, ब्युटि इफेक्ट्स र धेरै भिडियोका सटहरु उपलब्धता यो एपका थप आकर्षण हुन ्। अभिनय गर्दा एक्लै वा दुई जना सँगै गरेको जसरी पनि गर्न सकिन्छ ।  यसअघि ‘डबस्म्यास’ एप पनि यत्तिकै भाइरल बनेको थियो ।

 नेपालका सेलिब्रिटीमा पनि म्युजिकल्लीको क्रेज बढेको देखिन्छ ।
अभिनेत्री एलिजा गौतमले आफ्ना पत्रकार पति ऋषि धमलासँग बनाएको ‘एउटा कुरा सोधूँ…’ को म्युजिकल्ली भिडियो पछिल्लो समय भाइरल बन्यो । यसबारे धमलालाई विभिन्न कार्यक्रममा प्रश्न गर्दा उनले गाउनु, नाँच्नु सामान्य मानवीय क्रियाकलाप हुन् भनेका छन् ।
अभिनेत्री आँचल शर्मा, वर्षा राउत, पूजा शर्मा, प्रियंका कार्की, स्वस्तीमा खड्का तथा अभिनेता पल शाह, आकाश श्रेष्ठ, सलोन बस्नेतलगायत धेरैले आफ्नो सामाजिक सञ्जालमा  म्युजिकल्ली भिडियो राखेका छन् । आँचल र वर्षालाई त यसको लत नै लागेजस्तो देखिन्छ, उनीहरू प्रत्येक दिन नयाँ–नयाँ भिडियो सेयर गरिरहेका हुन्छन् ।
‘अडियन्सले राम्रो राम्रो कमेन्ट गरिराख्नुहुन्छ त्यसैले मलाई म्युजिकल्ली चलाउन रमाइलो लाग्छ,’ वर्षा भन्छिन् । फुर्सदका बेला भिडियो रेकर्ड गर्न रमाइलो लाग्ने भएकाले वर्षाले अहिलेसम्म ९० वटाजति म्युजिकल्ली भिडियो बनाइसकेको बताइन् । 

पूजाचाहिँ टाइम पास गर्न म्युजिकल्ली चलाउने बताउँछिन् । ‘धेरै भिडियो अपलोड गर्दिनँ तर फिल्मको स्क्रिनमा भन्दा फरक देखिने भएकाले दर्शकले रमाइलो मान्छन् जस्तो लाग्छ’ भन्छिन् उनी । कतिपय साथीले उनलाई बढी ‘एक्सपोज’ भइरहनु राम्रो होइन भनेर धेरै म्युजिकल्ली अपलोड नगर्ने सल्लाह दिएको उनले बताइन् ।

नेपालको मात्र नभएर विश्वका विभिन्न देशका सेलिब्रेटी, विद्यार्थी, युवा पुस्तादेखि पाकासम्मले यो एप प्रयोग गरेको पाइन्छ । बलिउडमा पनि अहिले यो एप ट्रेन्डिङमा छ ।
हालै भारतका साङ्केत मेहता नामक एक म्यूजरले ३ वटा फोनको प्रयोग गरी २ मिनेटमा ९ वटा म्यूजिकल्ली भिडियो बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका छन् । 

 

नेपालको मात्र नभएर विश्वका विभिन्न देशका सेलिब्रेटी, विद्यार्थी, युवा पुस्तादेखि पाकासम्मले यो एप प्रयोग गरेको पाइन्छ ।
बलिउडमा पनि अहिले यो एप ट्रेन्डिङमा छ । टेलिशृंखलाका अभिनेत्री मौनी रोय, हिना खान, अभ्नित कौर देखि चलचित्र अभिनेत्री अनुष्का शर्मा, श्रद्धा कपुर, आलिया भट्ट, जेनेलिया डेसुजा, कमेडियन भारती सिंहलगायतले यो एप प्रयोग गर्ने गरेका छन् ।
हालै भारतका साङ्केत मेहता नामक एक म्यूजरले ३ वटा फोनको प्रयोग गरी २ मिनेटमा ९ वटा म्यूजिकल्ली भिडियो बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएका छन्  

म्युजिकल्ली दुनियाँमा हालसालै ‘दामे तु कोसिता च्यालेन्ज…’ ले थप लोकप्रियता बढाइदिएको छ । 

‘दामे तु कोसिता च्यालेन्ज’ मा धेरैवटा नेपाली भिडियो देख्न सकिन्छ जसमा नेपालबाट आश्मा, वर्षालगायतले भिडियो बनाए । कार्टुन्ज क्रुकी आश्मा विश्वकर्माको च्यालेन्ज भिडियोमा २ करोड ३१ लाखभन्दा बढी भ्युज छ । उनका अन्य म्युजिकल्ली भिडियो पनि उत्तिकै पपुलर छन् ।

शिखा प्रधान म्युजिकल डट लीमा पपुलर एक्टर हुन् । एमबिबिएस् फाइनल सेमेस्टर अध्यनरत शिखा म्युजिकल डट ली सोसल नेटवर्कमा छिरेको १० महिना भइसकेको छ । उनका अनुसार म्युजिकल्लीले विश्वभरका मानिसलाई एक्टिङ्गको माध्यमबाट नजिक ल्याएको छ ।

गीत गाउन सोखिन प्रधानलाई म्युजिकल डट ली एपमा गीत गाएर अपलोड गर्दा त्यहि भिडियो हेरेर गीत गाउन अफर पनि आएका उनले बताइन् । 
म्यूजिकल्ली एप्स चलाउने म्यूजर्सहरुले समूह बनाएर विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्ने पनि उनले बताइन् ।
म्युजिकल डट ली मानिसको प्रतिभा प्रस्फुटन गर्ने ठाउँका साथै नयाँ साथी बनाउने पनि राम्रो माध्यम बनेको छ । 

युवावर्गमा मात्र नभएर म्यूजिकल्लीको ‘क्रेज’ वृद्धवृद्धामा पनि बढेको देखिन्छ । कक्षा ८ मा पढ्ने आफ्नी नातिनीसँग फुर्सदको समयमा म्यूजिकल्ली गर्ने नरमायालाई पनि ‘टाएम पास’ को उचित माध्यम बनेको छ म्यूजिकल्ली । भन्छिन् – ‘जवानीमा हिरोनी हुने सपना पूरा भन अब बुढेसकालमै भएनि एक्टिङ गर्न पाउँदा रमाइलो लाग्छ । ’

एक्टिङमा रुचि हुनेको लागि एक्टिङ निखार्ने, गीत गाउन मन पराउनेलाई गुन्गुनाउने, भिडियोग्राफीमा रुचि हुनेलाई पनि भिडियोग्राफी सिक्ने मौका दिएको छ म्युजिकल डट लीले । 
सानैदेखि हिरो बन्ने सपना देखेका बानेश्वरका सरोज घिमिरेले म्युजिकल डट ली चलाएको छ महिना भएको छ । सरोज लिपसिंक गर्छन् । उनी भन्छन, ‘ म्युजिकल्लीले उनलाई आफ्नो प्रतिभा देखाउने मात्र नभएर आफूमा भएको राम्रो पक्ष र कमी कमजोरी अरुको  प्रतिक्रियामार्फत् जान्न पाउने र सुधार्ने अवसर प्रदान गरेको छ । आफ्नो अभिनय कला निखार्ने राम्रो माध्यम बनेको छ म्यूजिकल्ली सरोजका लागि ।

युवावर्गमा मात्र नभएर म्यूजिकल्लीको ‘क्रेज’ वृद्धवृद्धामा पनि बढेको देखिन्छ ।
कक्षा ८ मा पढ्ने आफ्नी नातिनीसँग फुर्सदको समयमा म्यूजिकल्ली गर्ने नरमायालाई पनि ‘टाएम पास’ को उचित माध्यम बनेको छ म्यूजिकल्ली । भन्छिन् – ‘जवानीमा हिरोनी हुने सपना पूरा भन अब बुढेसकालमै भएनि एक्टिङ गर्न पाउँदा रमाइलो लाग्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?