काठमाडौं । अभिनेता प्रदीप खड्काले वितरक गोविन्द शाहीसँग मिलेर फिल्म निर्माण गर्ने भएका छन् । ‘लभ स्टेसन’ नामक फिल्म निर्माण गर्न लागेका प्रदीपले चलचित्रमा जसिता गुरुङलाई लिएर फेरि काम गर्ने चर्चा चल्दै गर्दा प्रदीप खड्काले भने फिल्ममा हिरोइन अझै फाइनल नभएको बताएका छन् ।
लभ स्टोरी फिल्ममा प्रदीपको जोडी को बन्नेछ भन्ने अझै तय भएको छैन तर साम्राज्ञी पनि छानिन सक्ने सम्भावना सिने वृत्तमा चर्चा चलेको छ ।
यतिबेला ‘रोजी’ को शूटिङमा व्यस्त प्रदीप खड्काले फिल्म लभ स्टेशन लाई उज्जवल घिमिरेले निर्देशन गर्ने बताएका छन् । घिमिरेले यसअघि फिल्म ‘वडा नम्बर ६’ निर्देशन गरेका थिए ।
फिल्मको स्किृप्टमा काम भइरहेको छ । फिल्मबारेमा औपचारिक जानकारी अझै दिइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया