साढे २ घण्टामै ६ प्रतिशतले बढ्यो सेयर बजार, आजका लागि कारोबार स्थगित

लोकपथ
182
Shares

काठमाडौं । सेयर बजारमा आजका लागि कारोबार स्थगित भएको छ । १ बजार २६ मिनेट जाँदा बजारले २ पटक सर्किट ब्रेक गर्दा आजको लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

यसअघि आज कारोबार सुरु भएको दुई घण्टा नबित्दै नेप्से सूचक पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

बजार आज १:२६ मिनेटमा ६ प्रतिशतले बढेसँगै बजार १३७.१८ अंकले उकालो लागेर २४१८.८५ को बिन्दुमा उक्लिएर बन्द भएको छ ।

बजार खुलेको साढे २ घन्टा नहुँदै ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित भएको छ। सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?