चीनले गैर बासमती भारतीय चामल आउन दिने

एजेन्सी : चीनले भारतको गैर बासमती चामललाई चिनियाँ बजारमा प्रवेश दिने भएको छ । कुनै किराको जोखिम नहुने चामललाई मात्र प्रवेश दिन सक्ने देखिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको भ्रमण गरी यसबारे चिनियाँ अधिकारीहरूसँग यसका लागि आग्रह गरेका थिए ।

सो आग्रह बमोजिम चीनले एक टोली भारत पठाइ त्यहाँका मिलहरूको निरीक्षण गर्नेछ । त्यसपछि गैर बासमती चामललाई चीनमा प्रवेश गर्न दिने छ । यो निरीक्षण काम अर्को महिना सम्पन्न हुनेछ ।

त्यसपछि चीनले गैर बासमती भारतीय चामललाई अनुमति दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?