युरोपेली राजदुतलार्इ कर्णाालीका मुख्यमन्त्रीले भने : ”विकास नै गरिदिने हो भने पूर्वाधारमा लगानी गर्नुस्”

सुर्खेत : कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले  युरोपेली युनियनलार्इ नेपालको विकास नै चाहेको भए पूर्वाधारका क्षेत्रमा लगानी गर्न अाग्रह गरेका छन् । 

नेपालका लागि युरोपेली संघका राजदुत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटमा शाहीले कर्णाली प्रदेशको पूर्वाधार विकासलार्इ मूख्य प्राथमिकतामा राखेर काम गर्न अावश्यक रहेको बताएका छन् । कर्णाालीमा पूर्वाधार बन्दा घण्टाैं पिठ्युँमा नानी बोकेर काम गर्ने महिलाको जीवनयापन फेरिने भन्दै शाहीले भाैतिक पूर्वाधार विकासमै जोड दिन युरोपेली संघका पदाधिकारीहरूलार्इ अाग्रह गरेका हुन् ।

कर्णालीमा चामल, चाउचाउ, बिस्कुट बाँड्ने गैरसरकारी संस्थाले यहाँका नागरिकमा परनिर्भरता बढाएको बताए । सबै गैससलाई एकद्वार प्रणालीमा आएर काम गर्न शाहीले अाग्रह गरे । नेपालको कर्णााली प्रदेशमा युरोपेली युनियनले सहयोग गरेका दर्जनाैं एनजीअो परियोजना सञ्चालनका नाममा सक्रिय छन्  । अबउप्रान्त  दिगो प्रतिफल निकाल्ने गरी न्यूनतम एक करोड रूपैयाँभन्दा माथिको लगानी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससलाई स्थान दिने शाहीले र्इयुलार्इ जानकारी गराएका छन् ।

शाहीले कर्णाली सरकारले अहिले प्रदेशको विकासका लागि दूरगामी योजना बनाइरहेको र छिट्टै लगानीकर्तालाई आकर्षण गर्न कर्णालीमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?