एसियन लार्इफले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं : बीमा समुहको एसियन लार्इफ र्इन्स्योरेन्सले चुक्तापूँजीको ६० प्रतिशत बराबर हकप्रद सेयर जारी गर्ने भएको छ ।  

लार्इफले एनआइबीएल एस क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ भने काठमाडौं सहित लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट समेत क्रेताले बोलपत्र फारम भर्न र बुझाउन कम्पनीले जानकारी दिएको छ । । नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ । 

लार्इफले यसबारे निर्णय गर्नेगरि जेठ १९ गते साधारणसभा डाकेको छ । ४५ प्रतिशत बोनस सेयरपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार रूपैयाँको ६० प्रतिशत हकप्रद शेयर दिने निर्णय साधारणसभाले गर्ने लार्इफको तयारी छ । 

लार्इफले बिहिबार (अाज) सम्मको म्याद राखि ९८ हजार २४६.२० कित्ता सेयर लिलामीका लागि राखेको छ । जेठ १० गतेदेखि लार्इफले सर्वसाधारण समुहको सेयर लिलामी गरिरहेको छ । यो सेयर किन्नका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्मका लागि प्रस्ताव भर्इरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?