शहीद पत्नीलाई मुख्यमन्त्री राउतले लगाए गुन, पाइन् जागिर

जनकपुरधाम । मधेश आन्दोलनका शहीद परिवारलाई उचित व्यवस्थापन कार्यअन्तर्गत प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शहीदका पत्नीलाई सरकारी नियुक्ति गरेका छन् । 
मधेश आन्दोलनका बेला सुरक्षाकर्मीको गोली लागी सहादत प्राप्त गरेका रामविवेक यादवका पत्नी अनिला यादवलाई मुख्य न्यायाधिवक्ताको कार्यालयमा जागिरका लागि मुख्यमन्त्री राउतले नियुक्ति दिएका हुन् । 

मधेश आन्दोलनका बेला तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शहीद परिवारलाई ५० लाख दिने घोषणा गरेकोले सोहीअनुसार शहीद परिवारलाई पैसाभन्दा पनि जीवनभरका लागि आयस्रोतको माध्यमका रुपमा जागिर दिने काम सुरु गरिएको हो । 

यसअघि पनि मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई मधेशी गठबन्धन (फोरम र राजपा)ले वीरगन्ज महानगरपालिकामा जागिर दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?