काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९ पैसा र बिक्री दर १२१ रुपैयाँ २९ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ८७ पैसा र बिक्री दर १३७ रुपैयाँ ५५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ १३ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६१ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९६ पैसा छ ।
जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६६ पैसा र बिक्री दर १० रुपैयाँ ७१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ २८ पैसा र बिक्री दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९९ पैसा र बिक्री दर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्रि दर १० रुपैयाँ २८ पैसा कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया