माइक्रोसफ्ट गुगलको माउ कम्पनी अल्फाबेट भन्दा मूल्यवान

एजेन्सी : टेक कम्पनी माइक्रोसफ्ट गुगलको माउ कम्पनी अल्फाबेट भन्दा बढी मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्टको मार्केट मूल्य ७ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर पुगेको छ । यसका साथै यो कम्पनी विश्वको तेस्रो धेरै मूल्यवान कम्पनी बन्न पुगेको हो ।

माइक्रोसफ्टको मार्केट क्याप ७ खर्ब ६०अर्ब अमेरिकी डलर पुगेपछि यो सबैभन्दा बढी मूल्यवान दुई कम्पनी एप्पल र एप्पललाई पछयाइरहेको अमेजन नजिक पुग्यो ।

अल्फाबेट भन्दा माइक्रोसफ्ट मोटामोटी २० अर्बले अगाडि देखियो । अल्फाबेटको मूल्य ७ खर्ब ४४ अर्ब अमेरिकी डलर बराबरको रहेकोछ ।

विगत ३ वर्षमा माइक्रोसफ्टले अल्फाबेटलाई उछिनेको यो पहिलो पटक हो । माइक्रोसफ्टका प्रमुख कार्यकारीमा सत्या नाडेला आएको चारवर्ष भएको छ ।

गत साता माइक्रोसफ्टले कोरटाना एआई असिस्टयान्ट बनाउने कम्पनी सेमान्टिक मेसिनलाई किन्यो । नाडेलाले नेतृत्व लिए यता माइक्रोसफ्टको मुल्य दोब्बर बढेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?