एजेन्सी : लगानी गुरूको रूपमा चिनिएका वारेन बफेटले उबरमा ३ अर्ब अमेरिकी डलर बराबरको लगानी लगाउन चाहेका थिए ।
तर उबरसँगको सो वार्ता सफल हुन सकेकाले बफेट लगानी लगाउन नसकेका हुन् ।
यो वर्षको शुरूमा बफेटले उबरमा लगानी खोजेका थिए ।
तर उबर र बफेटबीचका शर्तहरू नमिलेपछि सम्झौता हुन नसकेको ब्लुमबर्गले जनाएको छ ।
बफेटले समाचारमा आएजस्तो विषय नभएपनि उबरसँग कुरोकानी भएको स्वीकार गरे । त्यसैगरी उबरले पनि बफेटसँगको कुरोकानी भएको स्वीकार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया