कर्णाली प्रदेशः नीति तथा कार्यक्रम तयारीका लागि छलफल सुरु

युवराज पंगाली / सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी वर्षको लागि नीति तथा कार्यक्रम तयारीको लागि छलफल सुरु गरेको छ । 

शुक्रबार आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि नीति तथा कार्यक्रमका विषयमा छलफल भइरहेको हो । 

अहिलेसम्म कार्यक्रममा प्रदेश प्रहरीका अतिरिक्त महानीरिक्षक सुरेन्द्रबहादुर शाहले संघियतामा नेपाल प्रहरीको पुर्नसंरचना प्रदेश प्रहरी ऐन र अन्य कानुनहरुको विषयमा कार्यपत्र प्रस्तुत छ । 

यसै गरी पुर्व सचिव एवं सिनियर फेलो नीति फाउण्डेशनका बालानन्द पौडेलले प्रादेशिक योजना तर्जुमाका संवैधानिक आयमहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

उनले सुर्खेतको सिंहदरबारबाट योजना बनाउन नसकिने सम्बन्धित ठाउँमा नै गएर योजना बनाउनुपर्ने जोड दिए ।

कार्यक्रममा भू उपयोग नीति तथा एकिकृत बस्ती विकासका सम्भावना र चुनौति, लामो अवधिको प्रादेशिक नीति कार्यक्रम योजना तर्जुमाको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

छलफल कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु, प्रदेश सांसदहरु, विज्ञहरु, सम्बन्धित मन्त्रालयका कर्मचारीहरुले लगायको सहभागिता रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?