काठमाडौं । लुम्बिनी विकास बैंकले ३ लाख ६४ हजार ८ सय ३६ कित्ता सेयर लिलामी गर्ने भएको छ ।
यसअघि बैंकले लिलामी गरेको संस्थापक सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउनेगरी लिलाम गर्न लागेको हो । बैंकले यसअघि ३ लाख ७९ हजार ३ सय ३६ कित्ता संस्थापक शेयरको लिलामी गर्दा १४ हजार ५ सय कित्ता मात्र बिक्री भएको थियो ।
बैंकले लिलामी आवेदन गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले जेठ १५ गतेदेखि सेयर बिक्री प्रबन्धक भिबोर क्यापिटल ड्रेड टावर थापाथली काठमाडौंमा आगामी असार ८ गतेसम्म आवेदन बुझाउन सक्नेछन् ।
लिलामी न्यूनतम १०० रुपैयाँ भन्दा बढी मूल्य बोलकबोल गर्न सकिने छ । न्यूनतम १०० देखि अधिकतम सम्पूर्ण शेयरका लगि आवेदन गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया