काठमाडाैं : धितोपत्र बोर्डले स्वरोजगार लघुवित्त वित्तीय संस्थालार्इ सतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।
बाेर्डले स्वरोजगारको १०० प्रतिशत हकप्रद सेयर स्वीकृत गरेको हो । स्वरोजगारले हकप्रद सेयर बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटललार्इ दिएको छ ।
हाल १२ करोड २४ लाख ९७ हजार रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको स्वरोजगारको हकप्रद बिक्रीपछि चुक्ता पुँजी २४ करोड ४९ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिसेयर अाम्दानी २९ रूपैयाँ ०५ पैसा रहेको स्वरोजगारको प्रतिसेयर नेटवर्थ १ सय ४६ रूपैयाँ १८ पैसा छ । यो संस्था चालु अार्थिक बर्षको तेस्रो त्रैमासमा २ करोड ६६ लाख ८८ हजार रूपैयाँ खुद नाफामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया