अमेरिकी सेनाले एक वर्षमा पाँच सय नागरिक मार्यो, आयो प्रतिवेदन

वासिङटन । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । 

शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । 

विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख गरिएको छ । 

अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ । 

“मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,” प्रतिवेदनमा लेखिएको छ । 

सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?