समृद्ध देशको साझा कथा ‘हिँडे पुगिन्छ’

काठमाडौं । ‘श्रम भनेको धर्म हो, धर्म भनेको कर्म हो, कर्ममा कुनै वर्ग हुँदैन’ लक्ष्यमा ‘हिँडे पुगिन्छ’ 

यी भनाइ सकारात्मक सोचका धनी पर्यटन व्यवसायी राजन सिम्खडाको पुस्तक हिँडे पुगिन्छको सार हुन् । पर्यटन व्यवसायी एक युवाको संघर्ष, सफलता र सपना हो हिँडे पुगिन्छ । कुराले च्युरा भिज्दैन, भनेजस्तै केवल कामनाले समृद्ध नेपाल र सुखी नेपाली सम्भव हुँदैन । गन्तव्यमा पुग्न निरन्तर प्रयास चाहिन्छ । 

पर्यटनकै माध्यमबाट देश समृद्ध बनाउन सक्ने सपना छ । मुलुकभित्र भएका अनगिन्ती सम्भावनालाई सम्भव तुल्याउँदै अघि बढ्नका लागि केही दशकसम्म गर्न सकिने कामको खाका पुस्तकले कोरेको छ । खाडी मुलुकका मरुभूमिमा दिनरात पसिना बगाइरहेका नेपाली हातहल्लाई आफ्नै भूमिका कर्म गर्न प्रेरित गर्ने योजना पनि छ । 

नेपालमै एक टुक्रा स्विट्जरल्याण्ड छ । यही एक टुक्रा दुबई, एक टुक्रा कतार छ । एक टुक्रा मलेसिया एक टुक्रा कोरिया छ । एक टुक्रा भारत, एक टुक्रा चीन पनि यही छ । अस्ट्रेलिया, अफ्रिका, अमेरिका वा युरोप पनि यही छन् । साच्चै नेपालभित्र एउटा आफ्नै संसार छ । सुन्दर भविष्यको खोजी गर्दै सारा संसार चाहार्दै हिँड्नुभन्दा आफ्नै जन्मभूमिमा संसार खोज्नु महानता हो । 

प्राकृतिक र सांस्कृतिक विविधतालेयुक्त हाम्रो जस्तो मुलुक विश्वमै अर्को छैन । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र नेपाल सदियौं पुराना मानव सम्यता झल्काउने प्राचीन र ऐतिहासिक सम्पदा यही छन् । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वयम्भू, बौद्धनाथ, चाँगुनारायण, जनकपुरधाम, पशुपतिनाथ जस्त विश्व सम्पदा सूचीमा परेका बौद्ध र हिन्दू आस्थाका केन्द्र पनि हामीसँगै छन् । 
विश्वको सर्वोच्च शिखर सगरमाथादेखि होचो भू–भाग केचनासम्म । को भन्दा को कम अग्लो भनी प्रतिस्पर्धा गरेजस्ता हिम शिखर, तरेली परेका हरिया पहाड तथा तराइका समथर फाँट । हाम्रो मुलुक ट्रेकिङ, ¥याफ्टिङ, क्लाइम्बिङ, बञ्जी जम्पिङजस्ता साहसिक पर्यटनको खानी हो । हिमाल, पहाड र तराई क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज आफैमा बोटानिकल कार्डेन हुन् । पर्यटन र समृद्धिका अपार सम्भावनालाई पुस्तकले समेटेको छ । 

पूर्व अर्थमन्त्री तथा वरिष्ठ साहित्यकार शंकर कोइलालाको भनाइमा हिँडे पुगिन्छले कर्मवादी नेपाली कर्ममा निरन्तर लागौँ भन्ने सन्देश दिएको छ । युवा पुस्तालाई देशमै पौरख गर्न प्रेरित गरेको छ । 

लेखक सिम्खडाले सटिक विषयवस्तुलाई रोचकशैलीमा उतार्नुभएको छ, हिँडे पुगिन्छमा । पुस्तकमा नेपालको पर्यटन क्षेत्र, कलाकारिता र आर्थिक समृद्धिको भिजन र मिसनलाई उजागर गरेको छ । देशलाई आर्थिक समृद्धिको दिशातर्फ डो¥याउन लेखक सिम्खडा हिँडे पुगिन्छमार्फत नयाँ आत्मविश्वाश र आशाको किरण देखाएका छन् । 

लेखक सिम्खडाको शब्दमा आफूले इमान्दारीपूर्वक मातृमूमि, पेशाप्रति न्याय गरेर पुस्तक तयार गरेको पुस्तक हिँडे पुगिन्छ यो देश हाम्रै पालामा समृद्ध देख्न चाहनेको साझा कथा हो । यसले युवा र योजनाकारलाई केही सन्देश दिन खोजेको छ । ‘यो देश राम्रो छैन, यहाँ बस्नै सकिदैन, केही गर्न पनि सकिदैनकी भन्ने आम युवामा एउटा निराशजनक अवस्था छ, त्यसलाई चिर्दै राजनीतिक एजेण्डा सकिएर आर्थिक समृद्धिको ढोका खुल्ने उत्तम समयमा यो पुस्तक सान्दर्भिक छ । किनकी पुस्तकमा लेखकले युवालाई आशा जगाइदिएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?