बजेटबारे अर्थमन्त्रीले संसदलार्इ अाज जवाफ दिने

काठमाडाैं : अागामी अार्थिक बर्षको बजेटमाथि भएको सैद्दान्तिक छलफलका क्रममा उठेका सवालबारे अाज अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधीसभामा जवाफ दिने भएका छन् । राष्ट्रियसभामा शुक्रबार बजेटमाथिको सैद्दान्तिक छलफल सकिएको र शनिबार विदा परेकाले अाज (अार्इतबार) अर्थमन्त्रीले प्रतिनिधीसभामा बजेटमाथि सांसदले गरेका अालोचनाको जवाफ दिने भएका हुन् । 

प्रतिनीधिसभामा भर्इरहेको बजेट छलफलमा सवै सांसदले बोल्न पाएका छैनन् । बोल्न नपाएका सांसदलार्इ अाज समय दिने र त्यसपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूची तयार भएको संसद सचिवालयले जानकारी दियो । 

बजेटमाथि अाज सैद्दान्तिक छलफल सकिएपछि सदनमा मन्त्रालयगत रूपमा बजेटको शीर्षकमाथि छलफल हुने कार्यतालिका छ । मन्त्रालयगत रूपमा विनियोजित बजेटबारे विभागीय मन्त्रीहरूले सांसदहरूलार्इ जवाफ दिनुपर्नेछ । तर, राष्ट्रिय योजना अायोगले हालसम्म मन्त्रालयगत विवरण समेटिएको रातो किताब भाग दुर्इ उपलब्ध नगराएको संसद सचिवालयले जनाएको छ । रातो किताब पाएपछि मात्र संसदमा मन्त्रालयगत बजेट छलफल शुरू गर्ने तयारी छ । 

मन्त्रालयगत बजेट छलफलको अन्त्यमा विभागीय मन्त्रीले जवाफ दिएपछि बजेट पारित हुनेछ । छलफलको अवधिमा सांसदहरूले बजेट खर्च कटाैती र अन्य संशोधन दर्ता गर्ने समय पाउनेछन् । सरकारले विनियोजनसहितका सवै अाश्रित विधेयक संसदमा पेश गरेको छ । बजेटका चार विधेयकमध्ये विनियोजन विधेयक असार मसान्तसम्म पारित गरिसक्नुपर्ने हुन्छ । 

सरकारले अागामी अार्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको संघीय बजेट ल्याएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?