रोबोट प्रयोग विरूद्ध हडतालको तयारीमा लास भेगासका क्यासिनो मजदुर

एजेन्सी : रोबोटले सबै काम गर्न थालेपछि मानिसहरूको काम गुम्न खतराप्रति सजग भइ अमेरिकाको लास भेगासका क्यासिनो मजदुरहरूले रोबोट प्रयोगको विरूद्ध आन्दोलन गर्ने तयारी गरिरहेका छन् ।  

जुन १मा रेस्टरन्टमा काम गर्ने  बारटेन्डर, ककटेल सर्भर, मेड, कुक र अन्य कामदारहरूको सम्झौत समाप्त भयो । उनीहरूको हितमा काम गर्ने युनियनहरूले पाँच वर्षका लागि नयाँ सम्झौतामा ज्याला बढाउनुपर्ने माग गरेकाछन् ।

युनियनका नेताहरूले कामको चाप र स्वचालनमा आधारित रोबोटको प्रयोगले हुने रोजगार सुरक्षा खतराजस्ता विषयमा ध्यान दिँदै रेस्टरन्ट मजदुरहरूको हितमा नयाँ सम्झौता हुनुपर्ने बताएका छन् ।

सिजर इनटरटेनमेन्टले १२ हजार कामदारका लागि एक सम्झौता गरे । यी मजदुरहरूले हडतालको मिति भने अहिले तोकेका छैनन् । तर आन्दोलनको तयारी गरिरहेकोछ ।

सन् १९८४मा मजदुरहरूले ६७ दिनको हडताल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?