कम्युनिष्ट सरकारले चार महिनामा चारै पटक र्इन्धनको मूल्य बढायो

काठमाडाैं : के.पी. शर्मा अोली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भए । फागुन १९ गते नेपाल अायल निगमले तेलको भाउ बढायो । कम्युनिष्ट सरकार गठन भएकाले सेवा र वस्तुको मूल्यमा कमी अाउने अपेक्षामा रहेका नागरिक दैनिक उपभोग्य तेलकै लागि बढि मूल्य तिर्न बाध्य भए । 

तर, सरकारले जानजान पेट्रोलियम पदार्थको मूल्य बढाएको भने होइन । अहिले नेपालमा पनि अन्तरराष्टिय बजारअनुसार नै पेट्रोलियम पदार्थको मूल्य कायम गरिन्छ । हरेक १५ दिनमा यो मूल्य पुनरावलोकन भएसँगै नेपालमा पनि तेलको भाउमा तलमाथि हुने व्यवस्था मिलार्इएको छ । 

छिमेकी मुलुक भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य निकै सस्तो छ । त्यसैले सिमावर्ती नाकामार्फत नेपाली बजारबाट सस्तोमा किनेर भारतमा लगि महंगोमा बेच्ने तस्करका कारण नेपाल सरकारले हैरानी ब्यहोरिरहेको छ । नेपालको तुलनामा भारतमा तेलको प्रतिलिटर मूल्य ३० रूपैयाँभन्दा बढि रहेको अायल निगमले जनाएको छ । 

अोली प्रधानमन्त्रीमा नियुक्त भएपछि फागुन १९ गते प्रतिलिटर पेट्रोलको मूल्य १०३ रूपैयाँबाट १०५ रूपैयाँ कायम गरिएको थियो । प्रतिलिटर ८५ रूपैयाँमा पार्इने डिजेल र पेट्रोलको भाउ भने बढार्इएको थिएन । 

फागुन १९ पछि बैशाख ३ गते फेरि निगमले पेट्रोलमा एक रूपैयाँ र डिजलमा दुर्इ रूपैयाँ प्रतिलिटर मूल्य बढायो । बैशाख ११ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्दि ग-यो । ११ गते तोकेको मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजेलको मूल्य ९२ रूपैयाँ कायम भएको थियो । 

शनिबार रातीदेखि लागु हुनेगरि निगमले फेरि वर्तमान सरकारको कार्यकालमा चाैथोपटक र्इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अहिले उपभोक्ताले प्रतिलिटर पेट्रोललार्इ ११३ रूपैयाँ र डिजेल तथा मट्टीतेललार्इ ९५ रूपैयाँ तिर्नुपर्नेछ । निगमले ग्याँसको मूल्य भने बढाएको छैन । 

मूल्यबृद्दि गरेपनि निगमले अाफु अझै घाटामा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १.५९ रूपैयाँ र डिजे/मट्टितेलमा ३.४९ रूपैयाँ घाटा रहेको निगमको दाबी छ । यस्तै, ग्याँसमा १३९.३९ रूपैयाँ घाटा रहेको निगमको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?