काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालकी सांसद सरिता गिरीले सरकारले बजेटमार्फत ल्याएको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने बताएकी छन् ।
अर्थराजनीति र रणनीतिक स्वर्थालाई बजेटले ‘डोमिने’ गरेको गुनासो गर्दै उनले उदाहरणका लागि सांसदहरुलाई दिने चार करोड रकम हो । उनले भनिन्, ‘सांसद विकास कोषको रकम कटौती गरेर १६५ सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड पारियो यो गलत अर्थ राजनीति हो ।’
त्यस्तै उनले प्रत्यक्ष तर्फबाट जितेका सांसदहरुलाई तीन करोडमात्रै दिन र बाँकी रकम राज्यकोषमै राख्न सुझाव दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया